अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नवौँ वालिङ महोत्सव आईतबार सकियो

news

 
रेडियो आँधीखोला
वालिङ, २६ माघ । 
नवौँ वालिङ महोत्सव हिजोदेखी सकिएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित वालिङ उद्योग वाणिज्य संघको आयोजनामा माघ १४ गतेदेखि शुरु भएको नवौँ महोत्सव १२औँ दिनमा हिजो आईतबार समापन भएको हो । महोत्सवको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुर्यकृष्ण वैद्यले मेला महोत्सव रमाइलोको लागि मात्र नभएको बताउनुभयो । रमाइलोसँगै आर्थिक उन्नतीको साथमा समाज प्रतिको जिम्मेवारी र उत्तरदायित्व उद्योग वाणिज्य संघमा रहने उहाँको भनाई थियो । १२ दिने महोत्सवले यो क्षेत्रको आर्थिक चलायमानमा टेवा पुगेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“मेला महोत्सव भनेको रमाइलोको लागि मात्र नभएर यो क्षेत्रका भेषभुषा, जातजाति, महिला समूह, किसान, युवालगायत सबै क्षेत्रलाई संवद्र्धन गर्ने हिसाबले हामी अगाडि बढ्छौं । आर्थिक उन्नतिको साथमा समाज प्रतिको जिम्मेवारी र उत्तरदायित्व उद्योग वाणिज्य संघमा रहन्छ, उहाँले भन्नुभयो ।
कार्र्यक्रममा वालिङ नगरउपप्रमुख कविता तिवारी, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य युवराज राज भण्डारी, गरिमा विकास बैंकका कार्यकारी प्रमुख माधव आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय तथा वालिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शोभाकान्त पौडेल, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष माधव श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघका सल्लाहकारको तर्फबाट सल्लाहकार नेत्रप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदिप कोईरालालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
यस्तै महोत्सवको अन्तिम दिन विषेश प्रमोद खरेल र परम्परा समूहको लाईभ कन्र्सट प्रस्तुत गरिएको थियो । साथमा रुपक डोटेलले समेत आफ्नो प्रस्तुती राख्नुभएको थियो ।
विगतका संस्करण भन्दा ९औँ संस्करणमा दर्शकहरुलाई पृथक र नयाँपन दिने प्रयास आयोजकको थियो । महोत्सवमा परम्परागत गोल घर, जल परीमा दर्शकको निकै आर्कषण देखियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष खगेन्द्र अर्याल र संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो । महोत्सवको अन्तिम दिन विषेश गरी सामान किनमेलमा निकै भिड लागेको थियो । महोत्सवमा तरकारी तथा फलफुल, साबुन सरफ तथा सरसफाईका सामानहरु, भान्सामा प्रयोग हुने भाँडा, फलामका भाडाँ तथा औजार, सिरक, डसना तथा कपडा आईटमहरु किनमेलमा दर्शकको निकै भिड लागेको हो । 
करिव ४०० स्टलहरु रहेका महोत्सवमा कृषि तथा हस्तकला, शैक्षिक प्रर्दशनी, औद्योगिक र व्यापारिक स्टलहरु रहेका थिए ।  महोत्सवबाट एक करोड ६८ लाख आम्दानी गर्दै र एक करोड १४ लाख ५१ हजार खर्च कटाएर करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य लिएकोे छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको र १० करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य लिएकोमा लक्ष्य पुरा भएको आयोजकको दावी छ । महोत्सवको संरक्षक संस्थाको रुपमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् भने प्रवद्र्धककोरुपमा नेपाल पर्यटन बोर्ड रहको हो ।
महोत्सवमा स्याङ्जा डान्स आईडलको उपाधि रविना राम्जारीले हात पार्नुभएको छ भने आयुषा खत्रि द्धितिय, जयन्ती अर्याल तृतिय, सिशम सिंजाली सान्त्वना हुन सफल हुनुभएको छ । महोत्सवमा संचालित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा बालविद्या विकास आवसिय मावि प्रथम, साईनभिलेज एकेडेमी मावि द्धितिय, अर्मादी आवसिय मावि तृतिय र पिसजोन इन्टिगे्रटेड एकेडेमी मावि सान्त्वना भएका छन् । 
त्यस्तै भजन प्रतियोगितामा राधाकृष्ण भजन समूह चापाकोट ६ प्रथम, जुनेली भजन समूह कालिकाकोट द्धितिय, चिसापानी भजन समूह तृतिय र ओमकारेश्वर भजन समूह पुतलीबजार १३ सान्त्वना भएका छन् । 
त्यसैगरी रत्यौली गित प्रतियोगितामा शान्ति आमा समूह वालिङ ९ सुर्कौदी प्रथम, पेन्सन क्याम्प रोड आमा समूह भकुण्डे द्धितिय, सृजनशिल आमा समूह वालिङ ११ तृतिय, बहुअग्रसर आमा समूह वालिङ २ सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार, ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै महोत्सवमा आर्कषक टिकटक बनाउने वालिङ १४ का सुनिल लुँईटेल प्रथम, वालिङ ९ का अर्चना पंगेनी द्धितिय र वालिङ २ का प्रतिमा पौडेल तृतिय हुनुभएको छ । उहाँहरुले पनि नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 
महोत्सवमा औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, टिकटक प्रतियोगिता, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, बाल उद्यान, हस्तकलाका सामग्रीहरु आकर्षणकारुपमा रहेका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...