समाचार
शिवरात्रिका दिन नवग्रह मन्दिरमा ९ लाख ९ हजार ९९९ दिप प्रज्वलन गरिने
वालिङ, २७ माघ ।
यही फाल्गुन ३ गते महाशिवरात्रिका अवसरमा अर्जुनचौपारी स्याङ्जामा रहेको नवग्रह मन्दिरमा ९ लाख ९ हजार ९९९ दिप प्रज्वलन गरिने भएको छ । महाशिवरात्रिका अवसरमा नेपालकै पहिलो नवग्रह मन्दिरको रुपमा रहेको नवग्रह मन्दिरमा ९ लाख दिप प्रज्वलन गरिने भएको हो ।
शिवरात्रिका दिन दिप प्रज्वलनसंगै विद्यालय स्तरीय भजन प्रतियोगिताको समेत आयोजना गरिएको छ । उक्त दिन ख्यातिप्राप्त कलाकारहरुद्धारा भजन कन्र्सट पनि गरिनेछ । गाउँपालिकाले आफ्नो वार्शिक कार्यक्रम अन्र्तगत विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्दै मौलिक संस्कार संस्कृति र आध्यात्मिक मुल्य मान्यताको प्रर्वद्धन गर्ने उद्देश्यले प्रथम विद्यालयस्तरीय भजन प्रतियोगिताको आयोजना हो ।
भजनमा अर्जुनचौपारी गाउँपालिकाभित्रको धार्मिक तथा पर्यटन प्रर्वद्धनका भावहरुका साथै नैतिकतालाई समावेश गर्दै स्थानीय तथा परम्परागत भजनलाई समावेश गर्नुपर्ने भनिएको छ । प्रतियोगितामा सहभागि हुन फाल्गुन १ गतेभित्र गाउँपालिकामा गई आफ्नो विद्यालयमा नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमश २५ हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।