अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

रवि लामिछानेलाई आचारसंहिता विपरीत कार्यक्रम नगर्न नवलपरासी प्रशासनको आग्रह

news

 

माघ २७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज पश्चिम नवलपरासीमा हुने भनिएको कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासोमा राखेको छ ।

प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न/नगराउन पनि सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् ‘निर्वाचन आचारसंहिता विपरीत’ का कार्यक्रम नगर्न भनेको हो ।

पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले निकालेको सूचनामा निर्वाचन आचारसंहिता–२०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैमा जानकारी गराएको उल्लेख छ ।

निर्वाचन आचारसंहिताअनुसार आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि फागुन ४ देखि १८ गतेसम्म १५ दिन मात्र प्रचारको अवधि तोकिएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...