समाचार
निर्वाचन आचार संहिता पालना गर्न निर्वाचन कार्यालयको अनुरोध
वालिङ, २९ माघ ।
निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अचारासंहिता अनुगमन अधिकृतको कार्यालयले अनुरोध गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित सबै पक्षलाई आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको हो ।
सूचनाअनुसार निर्वाचन आचारसंहिताको दफा ४ (घ) ले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, टिसर्ट, टोपी, मास्क, गम्छा, ब्याज, झोला, स्टिकर, लोगो, ट्याटुजस्ता कुनै पनि सांकेतिक सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण तथा प्रदर्शन गर्न निषेध गरेको छ । यस्तै, दफा १३ (म) अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान मितिभन्दा १७ दिनअघि अर्थात् फागुन ४ गतेदेखि मात्रै घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ । आचारसंहिता विपरित कार्यहरु भैइरहेको भन्ने सूचना कार्यालयमा समेत आएकाले निर्वाचन आचारसंहिता २०८२ विपरितका कार्य नगर्न नगराउन उम्मेदवार, राजनितिक दल, दलका भातृसंगठन तथा सरोकारवालालाई कार्यालयले सचेत गराएको छ । निर्वाचन आचारसंहित विपरितका कार्य भएमा कानुन अनुसार कारबाहि हुने समेत कार्यालयले चेतावनी दिएको छ ।