अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चुनावमा नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री तयार

news

 

माघ २९, निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ ।

लोकतन्त्र, चुनाव, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो । मतदानको महत्त्व, निर्वाचन सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल सम्बन्धी विषय सामग्रीमा समेटिएका छन् ।

आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको छ । आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले ती सामग्रीका आधारमा सरकारी र नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा प्रवद्र्धन गर्न सक्नेछन् ।

भोलिदेखि मतदाता शिक्षाको कार्यक्रमलाई पनि तीव्रता दिने आयोगको तयारी छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...