अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अकला नमुना साना किसान कृषि सहकारीद्धारा मकैका बिउ वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, १ फागुन । 
अकला नमुना साना किसान कृषि सहकारी संस्था वालिङले अनुदानमा मकैका बिउ वितरण शुरु गरेको छ । सहकारीले अरुण र मनकामना जातको मकैको बिउ वितरण शुरु गरेको हो । कृषि विकास कार्यालय स्याङ्जाको  वार्षिक स्वीकृत कार्यक्रम खाद्यान्न बालि प्रर्वद्धन अन्र्तगत ७५ प्रतिशत अनुदानमा ल्याईएको मकैको बिउ विहिबार ५ हजार किलो वितरण गरिएको सहकारीका प्रबन्धक लक्ष्मी रेग्मी पोख्रेलले बताउनुभयो । कार्यालयबाट सहकारीले ल्याएको ८ हजार केजी मकैको बिउ कृषकलाई पनि ७५ प्रतिशत अनुदानमै वितरण गरिने प्रबन्धक रेग्मीले बताउनुभयो । आज र भोली सम्म सहकारीले मकैको विउ वितरण गर्नेछ । 
सदस्यहरुले लालपुर्जाको फोटोकपी दिएर प्रतिकेजी २५ रुपैँयाका दरले मकैको बिउ प्राप्त गरेका छन् । १०० रुपैँया पर्ने मकैको बिउ ७५ प्रतिशत अनुदानमा कृषकले प्रतिकेजी २५ रुपैँया मात्रै तिरेर लगेका छन् । । लालपुर्जाको आधारमा प्रतिरोपनी २ केजीका दरले सहकारीले बिउ वितरण गरेको छ । वितरित मकैको बिउ छरेनछरेको कृषि विकास कार्यालय र सहकारीले अनुगमन समेत गर्नेछन् । त्यस्तै विहिबार अन्तर समूह नं. ५ धनुबाँसलाई सुन्तला बंगैचा प्रर्वद्धनका लागी ९ वटा ट्यांकी र २२० मिटर पाईप समेत वितरण गरिएको  छ। 
३३० समूहमा १ हजार ८१६ महिला र ७ सय ८१ जना गरी कुल २ हजार ५ सय ९७ सेयर सदस्य छन् । सहकारीले मकैको विउ, आलुको बिउ, धानको बिउ, मौसमी तरकारी बिउविजन समेत अनुदानमा वितरण गर्दै आएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...