अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङमा खाद्य स्वच्छताका विषयमा सचेतना कार्यक्रम

news

 
रेडियो आँधीखोला
वालिङ, १ फागुन । 
वालिङमा खाद्य स्वच्छताका विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजना तथा वालिङ नगरपालिकाको समन्वयमा विहिबार सरोकारवालाका लागी सचेतना कार्यक्रम गरिएको हो । खाद्य पदार्थमा स्वच्छता विज्ञानको अपरिहार्यता भन्ने नाराका साथ स्थानीय तहसंगको सहकार्यमा स्ट्रिटफुडको खाद्य स्वच्छता,रंगको प्रयोग, खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो । 
कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले खाद्य तथा गुण नियन्त्रण कार्यालयले समय समयमा वालिङमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको भन्दै चेतना महत्वपुर्ण पक्ष भएको बताउनुभयो । 
नगरपालिकामा बजार अनुगमनको अधिकार भएपनि आवश्यक जनशक्ति र प्राविधिक नहुँदा अनुगमन गर्ने र सचेत गराउने मात्रै गर्न सकिएको बताउँदै सबैभन्दा मुख्य पक्ष भनेको उपभोक्त संयम भएकाले उपभोक्ता सचेतनालाई टोलस्तर तथा विद्यालयस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।  
हाम्रो घरको भान्सासंगै आफ्नो दैनिक व्यवहार परिर्वतन गर्न सकियो भने खाद्य स्वच्छता कायम गर्न सकिने बताउनुभयो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख विजन श्रेष्ठ, खाद्य अनुशन्धान अधिकृत दिपक कुँवर, र कार्यालयका प्राविधिक सहयाक सोनन्द मल्ले खाद्य स्वच्छता तथा गुणस्तरबारे ऐन नियमनमा भएका व्यवस्थाहरु, खाद्य स्वच्छता तथा गुण नियन्त्रण प्रणाली, खाद्य गुणस्तर नियमन सम्बन्धी निति, ऐन नियमलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । 
कार्यक्रममा विद्यालयका शिक्षक, होटल संचालक, उपभोक्तालगायतको सहभागिता रहेको थियो । पटक पटक प्रयोग गरेका तेल प्रयोगले स्वास्थ्यमा पार्ने असर, लेखिएका कागजमा खानेकुरा राखेर खाँदा गर्ने असरलगायतका विषयमा जानकारी गराईएको थियो । साथै खानामा रंग प्रयोग नगर्न, प्लाष्ट्रिका बोतलहरु पुन प्रयोग नगर्न, भान्सामा सरसफाईका विषयमा सचेत हुनुपर्ने विषयमा समेत जानकारी गराईएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...