अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

प्रसिद्ध छाँयाक्षेत्र मन्दिर छाङछाङदीमा महाशिव रात्रिका अवसरमा विषेश मेला

news

 
रेडियो आँधीखोला
वालिङ, १ फागुन । 
प्रसिद्ध छाँयाक्षेत्र मन्दिर छाङछाङदीमा महाशिव रात्रिका अवसरमा विषेश मेला लाग्ने भएको छ । मन्दिरलाई थप व्यवस्थित बनाउन मन्दिर परिसरमा विभिन्न भौतिक संचरनाहरु निर्माण भईरहेका छन् । निर्माणाधिन १०८ शिवलिंग, १०८ जलधारा निर्माणका लागी दाताहरुले न्युनतम १५ हजार सहयोग गर्न सक्ने र उक्त जलधारामा दाताको नाम लेखाउन सक्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । मन्दिर व्यवस्थापन समितिले विहिबार पत्रकार भेटघाट कार्यक्रम गरी आगामी महाशिव रात्रि मेलाको विषयमा जानकारी गराएको छ । 
मन्दिरमा लाग्ने विषेश मेलाहरुमा भक्तजनहरुको अत्याधिक भिड हुने भएकाले टाढाबाट आउने र समय कमी भएका भक्तजनहरुले दु्रत मार्गको प्रयोग गरी मन्दिरको दर्शन तथा पुजापाठ गर्न सक्नेछन् । शसुल्क दु्रतमार्गका लागी विगतको भन्दा घटाएर १०० रुपैँया तोकिएको छ । दु्रतमार्गमा अशक्त र बृद्धवृद्धाहरुका लागी निशुल्क व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । समय भएकाहरुले साधारण लाईनमा बसेर पालैपालो मन्दिर दर्शन गर्न सक्नेछन् । मन्दिरमा निर्माण थालिएका यो योजनाका लागी दानदाताहरुबाट नै सहयोग लिएर अगाडि बढाईने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
अहिलेसम्म जलधारा निर्माणका लागी ८० जनाले संकल्प गरेका छन् भने शिवलिंग निर्माणको लागी ४० जनाले संकल्प गरेका छन् । मन्दिरको जलधारामाथि कैलाश पर्वत समेत निर्माण गरिँदैछ । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र वडा नं. ४ का अध्यक्ष रत्नप्रकाश श्रेष्ठको पनि सहभागिता थियो । अध्यक्ष श्रेष्ठले महाशिवरात्रिका दिन मन्दिर दर्शन गरी पुण्य प्राप्त गर्न आग्रह गर्दै मन्दिरमा निर्माणाधिन योजनाका लागी भक्तजनहरुको पुर्ण सहयोग रहने बताउनुभयो । 
मन्दिरमा विषेश गरी महाशिवरात्री, बैशाख सक्रान्ती, श्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । सिद्धार्थ राजमार्गसंगै जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागि नेपाल सहित छिमेकी देश भारतबाट समेत तिर्थालुहरु आउने गरेको बताईएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...