अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अन्यायमा परे पनि हिम्मत हारेको छैन् ः सभापति लामिछाने

news

 
रेडियो आँधीखोला
वालिङ, १ फागुन । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आँफूलाई राज्यबाट अन्याय भएको भन्दै अन्यायमा परेपनि हिम्मत नहारेको बताउनुभएको छ । स्याङ्जाको वालिङका मतदाताहरुलाई सम्बोधन गर्दै सभापति लामिछानेले ५ वर्षे स्थायी सरकारका लागी यसपटक रास्वपालाई विश्वास गर्न आग्रह गर्नुभएको छ । 
अबको ५ वर्षे स्थायी सरकार निर्माण गर्नका लागी रास्वपाका उम्मेदवारहरुलाई मौका दिन अनुराध गर्दै लामिछानेले मुलुकमा व्याप्त भ्रष्टाचार, बेतिथिको अन्त्य गर्न रास्वपाको सरकार आवश्यक रहेको बताउनुभयो । आगामी निर्वाचनमा रास्वपालाई बहुमत दिलाउन मतदाताहरुलाई अनुरोध गर्दै लामिछानेले परिर्वतन गरेरै छाड्ने दावी गर्नुभयो । 
पार्टी र आँफूमा विभिन्न खालका उतारचढावहरु आएपनि विचलित नभईकन रास्वपा जनता र देशको हितमा प्रतिवद्ध रहेको बताउनुभयो । लामिछानेले विहिबार स्याङ्जाको पुतलीबजार, भीरकोट, वालिङ र चापाकोटमा मतदाताहरुलाई सम्बोधन गर्नुभएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...