अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

स्याङ्जाको कालीगण्डकी गण्डकी प्रदेशमै उत्कृष्ट

news

 
वालिङ, २ फागुन । 
स्याङ्जाको कालीगण्डकी गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ठ भएको छ । प्रदेशमा रहेका ८५ वटा स्थानीय तहमध्ये कार्य सम्पादन मुल्यांकलनमा कालीगण्डकी गाउँपालिका प्रदेशमै उत्कृष्ठ भएको हो । कालीगण्डकी गाउँपालिकाले ७८.१९ प्रतिशत अंक प्राप्त गरी प्रदेशमा पहिलो बन्न सफल भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार ७८.१९ अङ्क सहित कालीगण्डकी पहिलो ७६.३३ अंक सहित स्याङ्जाकै वालिङ नगरपालिका दोस्रो भएको छ । त्यस्तै प्रदेशभरमा तेस्रो हुनेमा लमजुङको बेसिशहर रहेको छ । 
बेसिशहरले ७६.३० प्रतिशत अंक प्राप्त गरेको छ । प्रदेशकै उत्कृष्ठ हुँदा देशभरीमा कालीगण्डकी छैठौँ स्थानमा परेको छ । जिल्लामा पनि कालीगण्डकी पहिलो तथा उत्कृष्ठ भएको छ । त्यस्तै जिल्लातहमा दोस्रो स्थानमा वालिङ नगरपालिका हुन सफल भएको छ भने तेस्रोमा फेदीखोला गाउँपालिका रहेको छ जसले ७६.०२ प्रतिशत अङ्क ल्याएको छ ।
यसैगरी, पुतलीबजार नगरपालिकाले ७५.३१, बिरुवा गाउँपालिकाले ७४.६८, आँधीखोला गाउँपालिकाले ७२.८३, अर्जुनचौपारी गाउँपालिकाले ६९.६९ प्रतिशत अङ्क ल्याएका छन् । यसैगरी, भीरकोट नगरपालिकाले ६७.२१, गल्याङ नगरपालिकाले ६१.६६, चापाकोट नगरपालिकाले ५१.७० र हरिनास गाउँपालिकाले ४९.२० प्रतिशत अङ्क प्राप्त गरेको आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा १०० पूर्णाङ्क राखेर मूल्याङ्कन गर्ने गर्छ । जसमा १० असारभित्र बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पारित गरे÷नगरेको, प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम पुस मसान्तभित्र प्रदेश सन्चित कोषमा जम्मा गरे नगरेको, आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, बजेटको वर्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलगायत विवरण मुल्यांकनको सूचकहरु हुन् । तत्कालिन गाउँपालिका अध्यक्ष खिमबहादुर थापा अहिले नेकपा एमालेबाट संसदीय निर्वाचनको उम्मेदवार रहनुभएको छ ।
पालिका अहिले उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष सावित्रा कोईरालाले नेतृत्व गरिहनुभएको  छ । ७ वटा वडा रहेको गाउँपालिकामा व्यवसायिक केरा खेति, ड्रागन खेति, निशुल्क स्वास्थ्य बिमा, एक घर एक इन्डक्सन चुल्होलगायतका सकरात्मक कार्यहरु भएका छन् भने पालिकाले जनसंख्या सन्तुलन कायम गर्न ३ सन्तान जन्माउने दम्पत्तिलाई पोषण भत्ता, पोषणमैत्रि पालिका, सिप विकास र रोजगारीका योजनाहरु समेत संचालित छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...