अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

एक महिनामा १७ वटा मुद्धा दर्ता

news

 
रेडियो आँधीखोला
वालिङ, ३ फागुन । 
जिल्ला प्रहरी कार्यालयमा एक महिनामा १७ वटा मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजानिक गरेको माघ महिनाको महिनामा कुल १७ वटा विभिन्न प्रकृतिका मुद्धाहरु दर्ता भएका छन् । ति दर्ता भएका मुद्धाहरुमा जघन्य तथा गम्भीर, महिला, बालबालिका तथा जेष्ट नागरिक र अन्य प्रकृतिका छन् । जसमा जघन्य तथा गम्भीर अपराधमा ११, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धमा ३ र अन्य ३ गरी १७ मुद्धा दर्ता भएका हुन् । ति मुद्धामा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
त्यस्तै अघिल्लो महिनामा १५ जना हराएको प्रहरीमा निवेदन परेको थियो जसमा ६ जना फेला परेका छन् भने ९ जना अझै सम्पर्क विहिन छन् । त्यस्तै माघ महिनामा २ वटा घरेलू हिंसाका घटनाको उजुरी प्रहरीमा परेको थियो । जसमा शारिरिक हिंसा १ र मानसिक तथा आर्थिक हिंसा १ गरी २ मुद्धामा १ मुद्धाको मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको  छ। प्रहरी कार्यालयमा परेको ठाडो उजुरी ३५ मध्ये सबैको फछ्यौट गरेको प्रहरी कार्यालयले सार्वजानिक गरेको प्रतिवदेनमा उल्लेख छ । 
माघ महिनामा मात्रै २ जनाले आत्मदाह गरेका छन् भने ५ जना लागुऔषध मुद्धामा पक्राउ परेका छन् । माघ महिनामा मात्रै ९७३ सवारी साधन कारबाहीमा पर्दा प्रहरीले ८ लाख ३ हजार राजस्व संकलन गरेको छ । त्यस्तै प्रहरीले ४ थान एक नाले भरुवा बन्दुक, बारुद, छर्रा प्रहरीले बरामद गरेको छ भने प्राकृतिक दोहन गर्ने ४ सवारी कारबाही गर्दा ४६ हजार जरिवाना तिराईएको प्रहरील्े जनाएको  छ । 
साईबर अपराध, बालविवाह, अभद्र व्यवहार, जुवातास, सडक सुरक्षा,  जातिय भेदभाव, महिला हिंसा, चोरी न्युनीकरण, लैगिंक हिंसा, बाल यौन दुव्र्यवहार, घरेलू हिंसा, जेष्ठ नागरिक सचेतना, मानव बेचविखन, जबरजस्तीकरणीलगायतका विषयमा प्रहरीले समुदाय तथा विद्यालयस्तरमा पुगेर विभिन्न समयमा सचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरेको छ। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...