समाचार
प्रअहरुको लागी अभिमुखीकरण तालिम
रेडियो आँधीखोला
वालिङ, ५ फागुन ।
शिक्षा विकास तथा समन्वय ईकाई स्याङ्जाको आयोजना तथा खुमा अर्याल फाउण्डेसनको प्राविधिक सहयोगमा शैक्षिक विकासका लागी प्रअहरुसंग अन्र्तक्रिया सम्पन्न भएको छ । माध्यमिक तहमा शैक्षिक गुणस्तर अभिवृद्धिको लागि प्रधानाध्यापकहरुबीचमा अन्र्तक्रिया पुर्णामृत भवानी माविमा सम्पन्न भएको हो ।
कालीगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, वालिङ नगरपालिका र भीरकोट नगरपालिकाका सामुदायिक प्रअहरुको सहभागिता रहेको कार्यक्रममा काठमाडौ विश्वविद्यालयका सहायक प्रध्यापक डा. चेतनाथ पन्तले मुख्य प्रशिक्षकको भुमिका निर्वाह गर्नुएको थियो । कार्यक्रममा फाउण्डेसनका शिक्षा विभाग संयोजक तथा माउन्ट एभरेष्ट स्कूल पोखराका प्रमुख युक्तनारायण अर्याल, बन्दना लम्साल,फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले कार्यक्रमको अवधारण प्रस्तुत गर्नुभएका थियो ।
कार्यक्रममा सहभागिहरुको तर्फबाट हिराबहादुर गाहा, सिता गौडेल, नोयनाथ कोईराललागयतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य यमकान्त खनालले शिक्षकहरुकोे दायित्वका बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रम शिक्षा समन्वय प्रमुख विश्वराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत विद्यालयका प्रअ दिपक लम्साल र संचालन सुरेश सुवेदीले गर्नुभएको थियो ।