अहिले तरंगमा

केहि छिनमा

समाचार

१०औँ आरन्त स्मृति कप शुरु

 
रेडियो आँधीखोला
वालिङ, ६ फागुन । 
१०औँ आरन्त स्मृति कप शुरु भएको छ । वालिङ युनाईटेड फुटबल क्लबको आयोजना तथा टेककुमार थापाको संरक्षणमा आयोजित प्रतियोगितामा १२ वर्ष मुनिका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । नाईन ए साईड फुटबल प्रतियोगिता ८ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्दघाटन अखिल नेपाल फुटबल संघ एन्फाका पुर्व केन्द्रिय सदस्य एलबि ज्वारचनले गर्नुभएको हो । उद्दघाटन गर्दै ज्वारचनले वालिङ विस्तारै फुटबलको हब बन्दै गएको भन्दै विद्यार्थीलाई सानै उमेरदेखि यस्ता खेलकुद प्रतियोगितामा सहभागि जनाउँदा उनीहरुको शारिरिकसंगै मानसिक विकास हुने बताउनुभयो । 
कार्यक्रममा अखिल नेपाल फुटबलका गण्डकी प्रदेश उपाध्यक्ष ताराबहादुर गरुङ सम्शेरले पनि प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगितामा स्याङ्जा र पर्वतका १० विद्यालयहरु सहभागि छन् । कार्यक्रम क्लबका कार्यबहाक अध्यक्ष सविन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सचिव केशरबहादुर थापाले गर्नुभएको थियो । 
हिजोको पहिलो खेल भुपू सैनिक कालिगण्डकी बोर्डिङ स्कुल चापाकोट र भुपू सैनिक शान्तिप्रिय एकेडेमी बायँटारीबीच भएको थियो । खेलमा ३ – ० गोलअन्तरले चापाकोट विजयी भएको छ । शब्द चिन्तन बोडिङ स्कुल पर्वत र बालविद्या विकास बोडिङ स्कूल वालिङबीच भएको दोस्रो खेलमा पर्वत २– ० गोल अन्तरले विजयी भएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...