समाचार
नेपाली कम्युनिष्ट पार्टीद्धारा कालीगण्डकीका विभिन्न वडामा मतदातासंग भेट
रेडियो आँधीखोला
वालिङ, ७ फागुन ।
नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जाको कालीगण्डकीका विभिन्न वडाहरुमा मतदातासंग भेटघाट गरेको छ । स्याङ्जा क्षेत्र नं. २ का उम्मेदवार पदमर विश्वकर्माले कालिगण्डकीका विभिन्न वडामा पुगेर मतदातासंग भेटघाट गरी नेपाली कम्युनिष्ट पार्टीलाई मतदात गर्न आग्रह गर्नुभएको हो । भेटघाट कार्यक्रममा उम्मेदवार विश्वकर्मा सहित वाईसियएल उपाध्यक्ष अनु कुँवर, पार्टी प्रदेश सदस्य देवेन्द्र सुनार, प्रदेश सदस्य ज्ञानु भट्राई, जिल्ला सदस्य आषिश न्यौपाने, जिल्ला सदस्य गणेश पाण्डेलगायतको सहभागिता थियो । कार्यक्रममा उम्मेदवार विश्वकर्माले स्याङ्जाको विकासका लागी नेपाली कम्युनिष्ट पार्टीले विजयी हाँसिल गर्नुपर्ने भन्दै नागरिकको आवाजलाई संसदसम्म पु¥याउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।