समाचार
रास्वपाको ५ वर्षे स्थायी सरकारले चुनावमा गरेका हरेक बाचा पुरा गर्नेछ
रेडियो आँधीखोला
वालिङ, ७ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बुधबार चापाकोटका ३, ४ र ५ नम्बर वडाका विभिन्न स्थानहरुमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । रास्वपा क्षेत्र नं. २ का उम्मेदवार झविलाल डुम्रे, वातावरण विद डा. सागर ढकाल रास्वपाका नेताहरु टिकराज गुरुङ, दिनकर नेपालसहितको टोलीले चापाकोटका ति वडाहरुमा मतदाताहरुसंग भेटघाट गर्दै रास्वपालाई मतदान गर्न आग्रह गर्नुभएको हो । कार्यक्रममा उम्मेदवार डुम्रेले रास्वपाको ५ वर्षे स्थायी सरकारले अहिले गरेका बाचाहरु अहिले बोलेका ठाउँमै बसेर विकासका बाचा पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।