समाचार
राप्रपाद्धारा चापाकोटका विभिन्न वडाहरुमा घरदैलो
रेडियो आँधीखोला
वालिङ, ७ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले स्याङ्जाको चापाकोट नगरपालिकाका विभिन्न वडाहरुमा आफ्नो चुनवी घरदैलो तथा प्रचारप्रसार सम्पन्न गरेको छ । मंगलबार र बुधबार गरी चापाकोटका ५, ६,७, ८ र ९ नम्बर वडाहरुमा राप्रपा क्षेत्र नं. २ का उम्मेदवार रविन पाठक, राप्रपा क्षेत्रिय अध्यक्ष पुर्णबहादुर थापा, क्षेत्रिय सचिव पुष्पकमल रेग्मी हरिलगायतको टोलीले त्यहाँका मतदाताहरुसंग भेटघाट गरी राप्रपालाई मतदान गर्न आग्रह गर्नुभयो । राप्रपाले अगाडि सारेको हिन्दुधर्म, संस्कार र संस्कृतिको जर्गेनालगायतका एजेण्डाहरु सहित मतदाताको घरघरमा पुगेको हो । मतदाताहरुले राप्रपाका उम्मेदवार पाठकलाई स्वागत गरेका थिए ।