समाचार
भेषजराज साहित्य प्रतिष्ठानको ९४औँ श्रृंखलाको रचना वाचन
रेडियो आँधीखोला
वालिङ, ९ फागुन ।
संस्कृति, भाष, कला र साहित्यको संर्वद्धनः भेषजराज साहित्य प्रतिष्ठानको अभियान भन्ने नाराका साथ भेषजराज साहित्य प्रतिष्ठानको ९४औँ श्रृंखलाको रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । भेषजराज साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित कार्यक्रममा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता रेणुका भट्राईले झ्याउरे लयका विकास, महत्वका विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा डा. तुल्सी प्रभास, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा, गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष अनन्न अर्याल, वालिङ नगरपालिका योजना साखा प्रमुख ढालबहादुर केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सदस्य मिठु अर्यालरेग्मी, दमकुमारी बगाले, डोलराज सुवेदी, शम्भु अर्याल, बोधराज न्यौपाने, सुदृढ पोख्रेल, भविष्वर पंगेनी, वसन्त खनाल, विष्णु पंगेनी पाण्डेलगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका सहसचिव कमल बगालेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदस्य लेखनाथ काफ्ले र संचालन मिलन समिर र धन्यवाद श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो ।