अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

लागु औषधसहित एक युवक पक्राउ

news

 
रेडियो आँधीखोला
वालिङ, ११ फागुन । 
लागु औषधसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार पक्राउ पर्नेमा वालिङ नगरपालिका ८ का २३ वर्षीय नरेन्द्र रनपाल रहेका छन् । गत शुक्रबार दिउसो वालिङ ६ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा संकास्पद अवस्थामा हिडिंरहेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेशन टोलीले चेकजाँच गर्ने क्रममा शरीरमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध फेला पारेको हो ।
रनपाललाई नियन्त्रणमा लिएको प्रहरीले लागु औषधसम्बन्धी कसूरमा आज स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाएको हो । निजको साथबाट प्रहरीले बुप्रिनोफिन ईन्जेक्सन ११ एम्पुल, प्रोमेथोजिन हाईड्रोक्लोराईड, फेनारगन ११ एम्पुल, डाईजेपाम ११ एम्पुल, सिरिन्ज ३ थान र मोबाईल एक थान बरामद गरेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...