समाचार
निर्वाचन कार्यालय स्याङ्जा र क्रियाशिल सञ्चारकर्मीबीच अन्तरक्रिया
रेडियो आँधीखोला
वालिङ, १२ फागुन ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले यहाँका क्रियाशिल संचारकर्मीहरुबीच अन्र्तक्रिया गरेको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागी मतदाता शिक्षा एवां निर्वाचन प्रचारप्रसारका लागि जिल्ला स्थित क्रियाशिल संचारकर्मीहरुसंग अन्र्तक्रिया एवं छलफल वालिङमा गरेको हो । कार्यक्रममा निर्वाचन प्रचारप्रसार गर्दा अपनाउनुपर्ने आचारसंहिताका विषय तथा मतदाता शिक्षाका विषयमा छलफल भएको थियो । निर्वाचनलाई स्वच्छ, मर्यादित र धाँधलिरहित सम्पन्न गर्नका लागी प्रशासन, सुरक्षा र संचारकर्मीहरु क्रियाशिल र समन्वयात्मक भुमिका हुनुपर्नेमा जोड दिएका थिए ।
राज्यको चौँथो अंगको रुपमा रहेको संचारजगतले निर्वाचन आचारसंहिता पालना गर्दै आम मतदाताहरुलाई पनि सुसूचित गराई निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न महत्वपुर्ण भुमिका रहने वक्ताहरुको भनाई थियो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत उपेन्द्र गौतम, प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल, एसपि दधिराम न्यौपाने, आचारसंहिता अनुगमन समिति संयोजक तथा सहायक जिल्ला अधिकारी प्रेम सुवेदी, निर्वाचन अधिकृत श्रीराम थापा, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालालगायतले निर्वाचनलाई भयरहित निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।