समाचार
फागुन १५ तथा राष्ट्रिय मगर एकता दिवस भीरकोट र विरुवाले दिए विदा
रेडियो आँधीखोला
वालिङ, १३ फागुन ।
यहि फाल्गुन १५ गते यहाँको भीरकोट नगरपालिका र विरुवा गाउँपालिकाले सार्वजानिक विदा दिएको छ । राष्ट्रिय मगर एकत ादिवसको अवसरमा जिल्लाको भीरकोट र विरुवा गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै सार्वजानिक विदा दिएका छन् ।
भीरकोट नगरपालिकाको मंगलबार बसेको बैठकको निर्णय अनुसार ४४ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा नगरपालिका अन्र्तगत रहेका सरकारी कार्यालय, सार्वजानिक संघसंस्था, शिक्षण संस्था, बैंकवित्तिय संस्थाहरुमा स्थानिय विदा दिने निर्णय भएको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।