अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अटो वा इरिक्सा दर्ता तथा नविकरण गर्न भीरकोटको आग्रह

news

 
रेडियो आँधीखोला
वालिङ, १३ फागुन । 
भीरकोट नगरपालिकाले अटो वा इ रिक्सा दर्ता तथा नविकरण गर्न आग्रह गरेको छ । भीरकोट नगरपालिका क्षेत्रभित्र संचालनमा रहेका अटो तथा इरिक्सा दर्ता नविकरण, जाँचपास तथा रुट परमिट नलिई संचनल गरेको, बढी भाडा लिएको, अव्यवस्थित पार्किङ गरेको र सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएको गुनासो व्यापक रुपमा आएपछि नगरपालिकाले यस्तो आग्रह गरेको हो । 
भीरकोट नगरापलिका अन्र्तगत संचालनमा रहेका सम्पुर्ण अटो तथा इ रिक्सा चालकले १५ दिन भित्र अनिवार्य रुपमा नगरपालिकामा आई दर्ता गर्न दर्ता गरेका तर नविकरण नगरेकाले नविकरण गर्न आग्रह नगरपालिकाले गरेको छ । अटो चालकहरुलाई नगरपालिकाले दिएको रुट परमिटमा तोकेको भाडा मात्रै लिएर सुरक्षित रुपमा सवारी संचालन गर्न नगरपालिकाले आग्रह गरेको हो । यदि यो आग्रह तथा अनुरोधलाई अटेरी गरे प्रचलित कानुन अनुसार कारबाही हुने समेत नगरपालिकाले चेतावनी दिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...