अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

घरदैलोमै लागिरहेका छन् उम्मेदवारहरु

 
रेडियो आँधीखोला
वालिङ, १५ फागुन । 
निर्वाचन मिति आउन एक हप्ता मात्रै बाँकी रहँदा अझै पनि उम्मेदवारहरु घरदैलोमै लागिरहेका छन् । मुख्य गरी नेपाली कांगे्रस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राप्रपालगायतका दलहरु र स्वतन्त्र उम्मेदवार समेत आ–आफ्नै शैलिमा प्रचारप्रसारमा लागेका छन् । 
राष्ट्रिय स्वतन्त्र पाटी क्षेत्र नं. २ का उम्मेदवार झविलाल डुम्रेले विहिबार वालिङ १३ का कोहि भेग र गल्याङ नगरपालिका ७, ३ र ११ का विभिन्न स्थानहरुमा घरदैलो तथा चुनावी कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रममा उम्मेदवार डुम्रे, रास्वपा जिल्ला सभापति रुक्मागत भण्डारी, रेशम भण्डारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उम्मेदवार डुम्रेले पटक पटक पुराना पार्टीको नेतृत्व हेरिएको भन्दै यसपटक रास्वपाको नेतृत्वलाई हेर्न रास्वपालाई आफ्नो अभिमत प्रदान गर्न आग्रह गर्नुभयो । ग्रामिण क्षेत्रको विकासको विषेश भिजन लिएर आँफू अगाडि बढेको बताउँदै भाषण भन्दा काममा विश्वास गर्ने रास्वपालाई जिताउन डुम्रेले आग्रह गर्नुभयो ।
यसैबीच बुधबार कालीगण्डकी मिर्मिमा गुल्मीका उम्मेदवार सागर ढकालले कालीगण्डकी सभ्यताले जोडिएको गुल्मी र स्याङ्जाको विकासका लागी रास्वपाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । हरेक उम्मेदवार आफ्ना क्षेत्रमा दक्षता हाँसिल  गर्न सक्ने उम्मेदवार भएकाले यसपटक रास्वपालाई मत दिन ढकालले आग्रह गर्नुभएको हो । 
यसैगरी नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं. २ का उम्मेदवार पदमबहादुर विश्वकर्मासहितको टोलीले वालिङ ९, १२, १३ र १४ का विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम गरेको छ । उक्त घरदैलो कार्यक्रम टोलीमा क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटि संयोजक प्रकाश न्यौपाने, नारा भुषाल, निर्वाचन वालिङ नगरकमिटि संयोजक लक्ष्मी राना, वाईसिएल प्रदेश संयोजक सरोज गुरुङलगायतको सहभागिता छ । कार्यक्रममा उम्मेदवार विश्वकर्माले स्याङ्जाको विकासका लागि आफ्नो उम्मेदवारी भएको भन्दै यो अभियानमा आफ्नो अमुल्य मत दिएर विजयी बनाउन मतदाताहरुलाई आग्रह गर्नुभयो । 
यस्तै यता नेपाली कांगे्रसका उम्मेदवार भागवत प्रकाश मल्लले वालिङ बजारक्षेत्रमा घरदैलो कार्यक्रम गर्नुभएको छ । घरदैलो कार्यक्रम उम्मेदावर मल्लको पक्षमा नाराबाजी तथा र्याली गरिएको थियो । कार्यत्रममा उम्मेदवार मल्लले आँफू बोलेर आश्वासन दिने भन्दा नागरिकका गुनासा सुन्दै ति गुनासालाई सम्बोधन गर्ने व्यक्ति भएको बताउनुभयो । उम्मेदवार मल्लले नागरिकको भावना र मर्म अनुसार काम गर्ने भन्दै हरदम नागरिककै माँझमा रहेर यहाँको विकासमा लाग्ने बताउनुभयो । 
यस्तै यता राप्रपा क्षेत्र नं. २ का उम्मेदवार रविन पाठकसहितको टोलीले वालिङ १२ र १३ का विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला कार्यबहाक अध्यक्ष इश्वर सेन, समानुपातिक उम्मेदवार तोरणबहादुर गुरुङ, पुष्पकमल रेग्मीलगायतको टोलीले ति दुई वडाका विभिन्न ठाउँहरुमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा उम्मेदवार पाठकले राप्रपा देशको स्वाधिनता र हिन्दु राष्ट्र सुनिश्चितको लागि राप्रपाका उम्मेदवारहरुलाई तिजाउनुपर्ने बताउनुभयो । स्याङ्जाको विकासमा थप स्तारोन्नति गर्दै समृद्ध स्याङ्जाको परिकल्पना पुरा गर्न आफ्नो उम्मेदवारी रहेको उम्मेदवार पाठकले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...