अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वालिङमा निर्वाचन आचारसंहिता सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, १५ फागुन । 
विहिबार वालिङमा निर्वाचन आचारसंहिता सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ स्याङ्जाको संयोजनमा निर्वाचन आचारसंहिता र मिडिया सम्बन्धी अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य केशव शरण लामिछानेले निर्वाचनका बेला पत्रकार तथा संचार क्षेत्रले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा सहजीकरण गर्नुभएको थियो । 
निर्वाचन सम्पन्न गर्न आम संचार तथा संचारकर्मीहरुको महत्वपुर्ण भुमिका हुने भएकाले पत्रकारहरुले आफ्नो आचारसंहितामा रहेर काम गर्नुपर्ने कार्यक्रममा सहभागि वक्ताहरुको भनाई थियो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत उपेन्द्र गौतमले राज्यको चौँथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । 
मतदाताहलाई मतदाता शिक्षा सुसूचित गर्नेदेखि उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिताको विषयमा सचेत बनाउँदै निर्वाचनलाई स्वच्छ ढंगबाट सम्पन्न गराउन पत्रकारिता क्षेत्रको पनि उत्तिकै भुमिका रहने गौतमले बताउनुभयो । बढ्दो सामाजिक संजालको प्रयोगको अवस्थामा पाठक, दर्शक तथा स्रोताहरुलाई विश्वसनीय सूचना प्रशारण तथा संप्रेशरण गर्ने आधिकारिक संस्थानहरु रेडियो, टिभि, पत्रपत्रिका र अनलाईन भएको बताउनुभयो । बढ्दो प्रविधिको विकास भईरहेका बेला भ्रामक तथा मिथ्या सूचनाबाट दर्शकहरु आँफै नै सचेत हुनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले निर्वाचनमा हुने खर्चले भ्रष्ट्राचारलाई बढवा दिने भएकाले राजनितिक दलहरुको सहमतिमै निर्वाचनमा गर्ने खर्च निर्धारण गरिएको बताउनुभयो । पछिल्लो समयमा निर्वाचनलाई कम खर्चिलो बनाउने प्रयास गरिएको प्रजिअ अर्यालले बताउनुभयो । मतदाताहरुलाई पुर्ण सचेत बनाउँदै स्वच्छ वातावरणमा आफ्नो मताधिकारको प्रयोग गराउन आम संचार जगतको निकै महत्वपुर्ण भुमिका रहेको प्रजिअ अर्यालले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले स्याङ्जामा पत्रकारहरुले कुनै प्रकारको आचारसंहिता उल्लङघन नगरेको भन्दै शान्तिपुर्ण निर्वाचन गराउन समग्र पत्रकार महासंघ प्रतिवद्ध भएर लागि पर्ने बताउनुभयो । 
कार्यक्रम प्रेस काउन्सिलका केन्द्रिय सदस्य तथा आचारसंहित अनुगमन समितिका गण्डकी प्रदेश संयोजक भीमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन महासंघका सचिव शुसिल सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको विषयमा काउन्सिलका केन्द्रिय सदस्य विजयराज अधिकारीले प्रकाश पार्नुभएको थियो  ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...