अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

४४औँ राष्ट्रिय मगर एकता दिवस वालिङमा पनि मनाईयो

news

 
रेडियो आँधीखोला
वालिङ, १६ फागुन । 
४४औँ राष्ट्रिय मगर एकता दिवस वालिङमा मनाईएको छ । शुक्रबार नेपाल मगर संघ वालिङ नगरसमितिको आयोजनामा दिवस मनाईएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले मगर समुदायको पहिचान र संस्कृति जर्गेना गर्नुपर्नेमा जोड दिएका छन् । 
कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय निर्वाचन समिति सदस्य तेजबहादुर आलेले मगर समुदाय एकजुट भएको दिनको सम्झनामा हरेक वर्ष नेपाल मगर संघले संस्कार र संस्कृति जर्गेना गर्ने उद्देश्यले फाल्गुन १५ मा मगर एकता दिवस मनाउँदै आईएको बताउनुभयो । आफ्नै मौलिक लिपि, भाषा, संस्कार, संस्कृति र भेषभूषा भएको मगर समुदाय एकजुट हुँदै संविधानमा आफ्नो हकअधिकार लिपिबद्ध गर्न सफल भएपनि ति संविधानमा प्रदत्त अधिकार पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको केन्द्रिय सदस्य आलले बताउनुभयो । 
मुलुक निर्माणको हरेक आन्दोलनमा मगर समुदायको उत्तिकै सहभागिता रहँदै आएको भन्दै धेरै मगर भाषा र संस्कार संस्कृतिको रक्षाको लागि मगर समुदाय अझै सशक्त भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले मगर समुदायको भाषा संस्कार संरक्षणको लागि नगरपालिकाले पनि विभिन्न समयमा नेपाल मगर संघसंगै सहकार्य गर्दै आएको बताउनुभयो । मगर एकता दिवसका अवसरमा वालिङमा स्थानीय विदा दिने परम्पराको विकास वालिङ नगरपालिकाले गरेको प्रमुख खांणले बताउनुभयो । 
कर्यक्रमा नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापा, नेपाल मगर संघ प्रदेश सदस्यद्धोय कृष्णा थापा र क्या. डिलबहादुर थापा, नेपाल मगर संघ जिल्ला समन्वय समिति अध्यक्ष उमेश दर्लामी, नेपाल मगर महिला संघ जिल्ला सचिव सुमित्रा थापालगायतले बोल्नुभएको थियो । कार्यक्रम नेपाल मगर संघ वालिङ नगर अध्यक्ष क्या. विश्वप्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको थिया भने स्वागत वरिष्ठ उपाध्यक्ष क्या. खिमबहादुर थापा, संचालन सचिव कुलबहादुर थापा र धन्यवाद उपाध्यक्ष टुका रानाले गर्नुभएको थियो ।  
२०३९ फाल्गुण १५ गतेका दिन दमौलीमा हेम बहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । पछि वि.सं. २०४० साल वैशाख ३१ गते नेपाल लाङघाली परिवार संघको केन्द्रिय कार्यकारिणी समितिले प्रथम वैठकमा प्रत्येक वर्ष फाल्गुण १५ गते लाई “लाङघाली दिवस” को रुपमा मनाउने प्रस्ताव सर्वसमितिबाट पारित गरेपछि त्यस बेला देखि नेपाल मगर संघ तथा अन्य मगर सम्बन्धि संघ संस्थाहरुले “फाल्गुण १५ गते” लाई “मगर दिवस” को रुपमा मनाउँदै आएका छन् । यस दिन देश तथा विेदेशमा रहेका मगर समुदायले आफ्नो भेषभूषामा सजिएर विभिन्न कार्यक्रम गर्दै दिवस मनाउँदै आएका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...