समाचार
गह्रौँ प्राथामिक अस्पताललाई मृतदेह संरक्षण फ्रिज प्रदान
रेडियो आँधीखोला
वालिङ, १६ फागुन ।
गह्रौँ प्राथामिक अस्पतालाई मृतदेह संरक्षण फ्रिज प्रदान गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले अस्पताललाई दुईवटा मृत देह क्षमता भएको फ्रिज प्रदान गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटिले स्याङ्जामा जन्मभुमि भएर वैदेशिक रोजगारीलाई आफ्नो जिवनको सहारा बनाईरहेका दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो गास कटाएर आफ्नो जन्मथलोमा विभिन्न खालका सहयोग गर्दैै आईरहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
स्याङ्जा सहयोग समाज अन्तरािष्ट्रय समन्वय समितिले यहाँका नागरिकलाई अपठ्यारो पर्दा होस र अत्यावश्यक ठाउँहरुमा होस विभिन्न प्रकारका सहयोगहरु गर्दै आईरहेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको प्रमुख जिटिले बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांण, स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका संस्थापक अनन्तकुमार श्रेष्ठ, गह्रौँ प्राथामिक अस्पतालका व्यवस्थापन समिति अध्यष दिलिपप्रताप खांण, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, समाजका संरक्षक तथा पुर्व अध्यक्ष टुकराज अर्याल, समाजका संरक्षक खगेन्द्रप्रसाद गैह्रेलगायतले बोल्नुभएको थियो । कार्यक्रम संस्थाका कोषाध्यक्ष चिरञ्जीवी ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत समाजका युवा संयोजक विदुर कोईराला र संचालन समाजका सचिव गुप्तप्रसाद गैह्रेले गर्नुभएको थियो ।