अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

हिजोदेखि निर्वाचन परिणाम घोषणा नहुँदासम्म मादक पदार्थ बेचविखनमा रोक

 
रेडियो आँधीखोला
वालिङ, १६ फागुन । 
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शुक्रबारदेखि निर्वाचन मतपरिणाम घोषणा नहुँदा सम्म मादक पदार्थ विक्री वितरण तथा सेवनमा रोक गराएको छ । यही फाल्गुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपुर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा गृह मन्त्रालयले मतदानको मिति भन्दा एक हप्ता अगाडिदेखि निर्वाचनमा परिणाम नआउँदा सम्मका लागि देशभरी नै यो निर्णय लागू हुने जनाएको छ । 
यसैक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीद्धारा जारी विज्ञप्तिमा फाल्गुन १५ देखि निर्वाचनको मतपरिणाम सार्वजानिक नहुँदासम्मको मितिमा जिल्ला भित्र मदिरा तथा मदिराजन्य पदार्थ सेवा र विक्रि वितरणमा रोक लगाईएको उल्लेख छ । प्रशासनको यो आदेश विपरितको कार्य गरेमा कानुन बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...