समाचार
निर्वाचनकै पुर्व सन्ध्यामा होली, मर्यादित रुपमा पर्व मनाउन प्रशासनको अनुरोध
रेडियो आँधीखोला,
वालिङ १६ फाल्गुन ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले होली पर्व मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । निर्वाचनको तयारीमा जुटेको प्रशासनले निर्वाचन आचारसंहिताको पालन गर्दै पर्व मनाउन आग्रह गरेको हो । निर्वाचन, स्वस्छ, स्वतन्त्र, निश्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन प्रशासनले तयारीलाई अन्तिम चरणमा पुगेको जनाएको छ । निर्वाचनमा उम्मेदवार, मतदाता र मतदान सामाग्रीहरुलगायत निर्वाचनमा सबै पक्षहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाईएको जनाएको छ ।
१८ गते परेको होली पर्वलाई अनुशासित रुपमा मनाउन आग्रह गर्दै जिल्ला बासीलाई प्रशासनले शुभकमना व्यक्त गरेको छ । रंगहरुको पर्व होली सामाजिक एवं सांस्कृतिक परम्परा अनुसार मनाउँन आग्रह गर्दै कसैका इच्छा विपरित रंग लगाउनु कानुन तथा स्थानीय प्रशासनद्धारा निशेषित कार्य भएकाले यस्तो कार्य कसैले नगर्न नगराउन आग्रह प्रशासनको छ । धार्मिक एवं राजनितिक सदभाव कायम राख्दै आसन्न निर्वाचनको वातावरणलाई कुनै खलल पु¥याउने काम नगरीकन मर्यादित र अनुशासित भएर होली मनाउन प्रशासनको अनुरो छ ।
सार्वजानिक स्थलमा मादक पदार्थ सेवन गरी हुलहुज्जत गर्ने, झैझगडा गर्ने, समाजमा अशान्ति सृजना एवं अशोभनिय कार्य नगर्न नगराउन आग्रह गर्दै होली पर्वको समयमा सदभाव खलबलिन नदिने गरी निर्वाचनको प्रचारप्रसार गर्न राजनितिक दल तथा उम्मेदवालाई प्रशासनले अनुरोध गरेको छ। प्रशासन तथा कानुनले वर्जित गरेका कार्य गरेको पाईएमा कानुन अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ।