अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्वतन्त्र उम्मेदवार खिमबहादुर आफ्नै शैलीमा प्रचारप्रसार गर्दै

news

 
रेडियो आँधीखोला
वालिङ, १७ फागुन । 
स्याङ्जा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार खिमबहादुर क्षेत्रि आफ्नै चुनावी शैलिमा प्रचारप्रसार गरिरहनुभएको छ । क्षेत्रिले चापाकोट, कालीगण्डकी र वालिङका केहि स्थानहरुमा पुगेर आफ्नो चुनाव चिन्ह तिलहरीमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरिरहनुभएको छ । क्षेत्रि कुनै तडक भडक नगरी सादा शैलिमा आफ्ना केहि दाजुभाईलाई लिएर चुनावी प्रचारप्रसारमा हुनुहुन्छ । उहाँले आफ्ना प्रतिवद्धताहरु समेत पर्चा पम्लेट मार्फत मतदाताहरुकहाँ पु¥याउने प्रयत्न गरिरहनुभएको छ । 
हेर्दा सामान्य देखिएपनि उम्मेदवार क्षेत्रिका १५ बुँदे प्रतिवद्धताहरु छन् । भौतिक निर्माणमा अन्य ठुला दलका जस्तै सडक कालोपत्रे तथा स्तरोन्नति, वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न युवाहरुलाई कृषि र व्यापारमा नवप्रर्वतनको विकास गर्दै तालिम, पुँजी र प्राविधिक सहयोग गर्ने, सिँचाई, कृषि आधुनिकिकरण र बाँभmो जग्गाको व्यवस्थापन गर्ने उहाँको प्रतिवद्धतामा समेटिएका छन् । 
भ्रष्ट्राचार गर्नु र गराउनु दुवै अभिशाप भएकाले भ्रष्टाचार विरुद्ध शुन्य सहनसिलता उहाँको प्रतिवद्धामा उल्लेख छ । राष्ट्रिय सार्वभौमिकता र अखण्डतालाई अक्षुण राखी राष्ट्र हितमा काम गर्ने उहाँको प्रतिवद्धतामा उल्लेख छ । स्वतन्त्र उम्मेदवार क्षेत्रिले राजनितिक दलप्रति नागरिकको वितृष्ण भएकाले आफ्नो पक्षमा नागरिकले अभिमत प्रदान गर्ने बताउनुभयो । आगामी निर्वाचनमा तिलहरी निर्वाचन चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो  ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...