अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्याङ्जा २ का उम्मदेवारहरु मतदाताको घरघरमा

 
रेडियो आँधीखोला
वालिङ, १७ फागुन । 
निर्वाचन मिति नजिकिँदै गर्दा स्याङ्जामा चुनावी माहौल बढ्दै गएको छ । उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् भने मतदाता शिक्षाका लागी गाउँगाउँमा मतदाता शिक्षाको टोली पुगेका छन् । निर्वाचन मिति आउनँ ४ दिन मात्रै बाँकी रहँदा विभिन्न पार्टीका उम्मेदवाहरु घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त छन् । 
यता नेपाली कांगे्रस क्षेत्र नं. २ का उम्मेदवार भागवतप्रकाश मल्लले शनिबार वालिङको ओमशान्ति टोल, रामबाच्छा, मिर्दिलगायतका स्थानहरुमा घरदैलो कार्यक्रम गर्नुभएको छ । कार्यक्रममा उम्मेदवार मल्लसहित जिल्ला सभापति राजु थापा, प्रदेश सांसदहरु कल्पना तिवारी, सरस्वति तिवारी, नेपाली कांगे्रस कार्यबहाक सभापति केदार काफ्ले, महाधिवेसन प्रतिनिधि विष्णु पौडेल, नगर सभापति नेत्रप्रसाद पाण्डे, काँग्रेस नेता अर्जुन प्रकाश अर्याललगायतको सहभागिता थियो । कार्यक्रममा उम्मेदवार मल्लले स्याङ्जाको हरेक भुगोल आँफूले चिनेको भन्दै यहाँको आवश्यता र नागरिकको मागका आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पछिल्लो समय नागरिकले प्रतिफल चाहेको भन्दै भाषण भन्दा काममा विश्वास गर्ने पात्रको रुपमा आँफू रहेकाले आफ्नो पक्षमा अभिमत प्रदान गर्न उम्मेदवार मल्लले मतदाताहरुलाई आग्रह गर्नुभयो । 
त्यस्तै नेकपा एमाले क्षेत्र नं. २ का उम्मेदवार खिमबहादुर थापाको टोलीले वालिङ नगरपालिका वडा नं. १,२, ८, १०, १४ का विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम गरेको छ । उक्त प्रचारप्रसारको टोलीमा निर्वाचन समिति संयोजक मोहन रेग्मी, शोभाकान्त पौडेल, ऋषि कंडेललगायतले सहभागिता रहेको छ । 
कार्यक्रममा उम्मेदवार थापाले नागरिकहरुलाई उद्यमशीलतातर्फ प्रेरित हुने खालका निति निर्माण गर्दै आफ्नै थलोमा बस्ने वातावरण सृजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पारदर्शीता र इमान्दारीताको राजनिति गर्दै आगाडि बढेको भन्दै आम मतदाताहरुको शिर उच्च हुने खालको काम गर्ने उम्मेदवार थापाको प्रतिवद्धता छ । 
त्यस्तै रास्वपाका उम्मेदवार झविलाल डुम्रेले रास्वपाको घरदैलो वालिङको मास्कीडााडा, कुमस्वारा, काफलडाँडा, भरुवा, व्याङतुङ, आग्रिाडाँडा, भिमटारी, कटौँजे र भीरकोटका विभिन्न स्थानहरुमा घरदैलोकार्यक्रम गर्नुभएको छ । ग्रामिण विकासको क्षेत्रमा १६ वर्षको अनुभव सहति आईटी क्षेत्रका डुम्रेले अब बोल्ने र आश्वासन दिने समय सकिएको भन्दै मात्रै कामले विश्वास र मन जित्ने समय आएको बताउनुभएको छ । आजै रास्वपा समानुपातिक उम्मेदवार तथा लोक गायक प्रकाश सपुतले वालिङको छप्राक र वालिङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुभएको  छ । 
यसैबीच यता राप्रपाका उम्मेदवार रविन पाठकको टोलीले गल्याङको मालुंगा, राम्दीलगायतका स्थानहरुमा नगर घरदैलो तथा चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा समानुपातिक उम्मेदवार तोरणबहादुर गुरुङ, पुष्पकमल रेग्मी, हर्खबहादुर रोकालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उम्मेदवार पाठकले देशको स्वाधिनता र हिन्दु राष्ट्र सुनिश्चितको लागि राप्रपाका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताउनुभयो । स्याङ्जाको विकासमा थप स्तारोन्नति गर्दै समृद्ध स्याङ्जाको परिकल्पना पुरा गर्न आफ्नो उम्मेदवारी रहेको उम्मेदवार पाठकले बताउनुभयो । 
यसैगरी नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं. २ का उम्मेदवार पदमबहादुर विश्वकर्मासहितको टोली कालीगण्डकी गाउँपालिकाको १ देखि ७ वडाका स्थानहरुमा घरदैलो कार्यक्रम गरेको छ । उक्त घरदैलो कार्यक्रममा निर्वाचन संयोजक प्रकाश न्यौपाने, प्रदेश प्रदेश सदस्य ज्ञानु भटराई, वाईसिय केन्द्रिय उपाध्यक्ष अनु कुँवर, कालीगण्डकी निर्वाचन संयोजक आषिश न्यौपानेलगायतको सहभागिता रहेको छ । कार्यक्रममा उम्मेदवार विश्वकर्माले स्याङ्जाको विकासका लागि आफ्नो उम्मेदवारी भएको भन्दै यो अभियानमा आफ्नो अमुल्य मत दिएर विजयी बनाउन मतदाताहरुलाई आग्रह गर्नुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...