अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

पूर्णामृतमा एसईईको तयारी गरेका विद्यार्थीलाई शुभकामना व्यक्त

 
रेडियो आँधीखोला
वालिङ, १८ फागुन । 
पुर्णामृत भवानी माध्यमिक विद्यालयमा अध्ययरनत कक्षा ९ का विद्यार्थीले एसईईको तयारीमा रहेका कक्षा १० का विद्यार्थीलाई शुभकामना तथा परिक्षा सफलताको कामना गरेको छ । आईतबार विद्यालयमा एक कार्यक्रम गरी शुभकामना व्यक्त गरेका हुन् । कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति सदस्य यमकान्त खनालले आउँदै गरेको एसईई परिक्षाको शुभकामना व्यक्त गर्दै मेहेनतका साथ अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा विद्यालयका प्रअ दिपक लम्साल, सह प्रअ हरिप्रसाद रेग्मी, निर्वतमान प्रअ विष्णुप्रसाद अर्याल, शिक्षकहरु प्रदिप बगाले, शान्ता पाण्डे, गोपालधन सुवेदीलगायतले बोल्नुभएको थियो । कार्यक्रम कक्षा ९ का विद्यार्थी प्राञ्जल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन विद्यार्थीहरु स्मृति पंगेनी, समर खनाल र ओम नेपालीले संयुक्त रुपमा गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...