अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्याङ्जा २ का उम्मदेवारहरु मतदाताको घरघरमा

 
रेडियो आँधीखोला
वालिङ, १८ फागुन । 
निर्वाचन मिति नजिकिँदै गर्दा स्याङ्जामा चुनावी माहौल तातीरहेको छ । निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी रहँदा विभिन्न पार्टीका उम्मेदवाहरु घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त नै छन् । 
यसैक्रममा यता नेपाली कांगे्रस क्षेत्र नं. २ का उम्मेदवार भागवतप्रकाश मल्लले आईतबार वालिङको ५, ६, ७, ८ र चापाकोट १० का विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम गर्नुभएको छ । घरदैलो कार्यक्रममा उम्मेदवार मल्लले स्याङ्जाको हरेक भुगोल आँफूले चिनेको भन्दै यहाँको आवश्यता र नागरिकको मागका आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पछिल्लो समय नागरिकले प्रतिफल चाहेको भन्दै भाषण भन्दा काममा विश्वास गर्ने पात्रको रुपमा आँफू रहेकाले आफ्नो पक्षमा अभिमत प्रदान गर्न उम्मेदवार मल्लले मतदाताहरुलाई आग्रह गर्नुभयो । त्यस्तै आईतबार वालिङ, भकुण्डे, त्रियाशी बजारहरुमा तरुण युवाहरुको नेतृत्वमा घरदैलो तथा ¥याली गरिएको छ  । त्यस्तै भीरकोट ५, ६, ७, ८ र ९ नम्बर वडाहरुमा नेपाली कांगे्रसका उम्मेदवार मल्ललाई मत माग्न सम्बन्धीत नगर सभापति तथा वडाका सभापतिहरुको नेतृत्वमा घरदैलो गरिएको छ भने गल्याङ ८, १० र ३ कालीगण्डकी २, ५, ६ र ७ नम्बर वडाका स्थानहरमा पनि मल्लको पक्षमा घरदैलो कार्यक्रम गरिएको छ । 
त्यस्तै नेकपा एमाले क्षेत्र नं. २ का उम्मेदवार खिमबहादुर थापाको टोलीले कालीगण्डकी गाउँपालिकाका विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम गरेको छ । उक्त प्रचारप्रसारको टोलीमा निर्वाचन समिति संयोजक मोहन रेग्मी, जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रेलगायतले सहभागिता रहेको छ । 
कार्यक्रममा उम्मेदवार थापाले नागरिकहरुलाई उद्यमशीलतातर्फ प्रेरित हुने खालका निति निर्माण गर्दै आफ्नै थलोमा बस्ने वातावरण सृजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पारदर्शीता र इमान्दारीताको राजनिति गर्दै आगाडि बढेको भन्दै आम मतदाताहरुको शिर उच्च हुने खालको काम गर्ने उम्मेदवार थापाको प्रतिवद्धता छ । 
त्यस्तै रास्वपाका उम्मेदवार झविलाल डुम्रेले वालिङले वालिङ ५ र ६ का विभिन्न स्थानहरुमा घरदैलो तथा चुनावी कार्यक्रम गर्नुभएको छ । 
साठीघर, बगैँचा, बेसारडाँडा, चिसापानी, मझकोट, पाडेथोक, सिरवानीलगायतका विभिन्न स्थानहरुमा घरदैलोकार्यक्रम गर्नुभएको छ । ग्रामिण विकासको क्षेत्रमा १६ वर्षको अनुभव सहति आईटी क्षेत्रका डुम्रेले अब बोल्ने र आश्वासन दिने समय सकिएको भन्दै मात्रै कामले विश्वास र मन जित्ने समय आएको बताउनुभएको छ । 
यसैबीच यता राप्रपाका उम्मेदवार रविन पाठकको टोलीले भीरकोट ५ थालेखर्क, पकान र गल्याङको निबुवाखर्क, वालिङ १३, राम्दीलगायतका स्थानहरुमा नगर घरदैलो तथा चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा कार्यबहाक अध्यक्ष इश्वर सेन, क्षेचिय सचिव पुष्पकमल रेग्मी, वालिङ नगर अध्यक्ष युक्तप्रसाद तिवारी, भीरकोटको अध्यक्ष खर्क रोकालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उम्मेदवार पाठकले देशको स्वाधिनता र हिन्दु राष्ट्र सुनिश्चितको लागि राप्रपाका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताउनुभयो । स्याङ्जाको विकासमा थप स्तारोन्नति गर्दै समृद्ध स्याङ्जाको परिकल्पना पुरा गर्न आफ्नो उम्मेदवारी रहेको उम्मेदवार पाठकले बताउनुभयो । 
यसैगरी नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं. २ ले आइतबार ¥याली गरेको छ । वालिङ बजार, भकुण्डे, त्रियासी, खहरे, भुम्रेलगायतका स्थानमा उम्मेदवार सहित नेकपाको कार्यकर्ता तथा सुभेच्छुकहरुले ¥याली गरेका हुन् । त्यस्तै उम्मेदवार पदमबहादुर विश्वकर्मा सहितको टोलीले वालिङ २ र १४ मा घरदैलो कार्यक्रम समेत गरिएको निर्वाचन समिति संयोजक प्रकाश न्यौपानेले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...