समाचार
मौन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनको आग्रह
रेडियो आँधीखोला
वालिङ, १९ फागुन ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मौन अवधिमा पुर्ण रुपमा निर्वाचन आचार संहिता पालना गर्न आग्रह गरेको छ । यहि फाल्गुन २१ ग्ते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ को लागी आज राति १२ बजेबाट मौन अवधि शुरु हुँदैछ । निर्वाचनको दिन भन्दा ४८ घण्टा अवधि मतदानको चिन मतदान केन्द्र बन्द नहुन्जेल सम्मका लागी मौन अवधि मानिन्छ । यो अवधिमा सम्पुर्ण उम्मेदवार, राजनितिक दल तथा सरोकारवालाहरुलाई मौन अवधिको पालना गर्न गराउन प्रशासनले सूचना जारी गरेको छ ।
यो अवधमिा निर्वाचन प्रचारप्रसारलगायतका कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन कार्यशाला गोष्ठी गर्न पाइँदैन । त्यस्तै आज राति १२ बजेदेखि मतदान स्थलको तीन सय मिटर वरपर राजनितिक दल वा उम्मेदवारको प्रचारप्रसार सामाग्री राख्न समेत नपाईने आचारसंहिता छ ।
त्यस्तै कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाच्न प्रचारप्रसार गर्न पाइँदैन । आर्टिफिसियल इीन्टलेजन्स एआईको प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट र ाजनतिकि दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सामाग्री, सन्देश, सूचना वा कुनै प्रकारका सामाग्री, पोष्ट वा रोवर गर्न गराउन वा प्रतिक्रिया दिन समेत पाइँदैन ।
कनुै राजनितिक दल वा उम्मेदवारको प्रतिनिधिबाट दान,उपहार वा आर्थिक सहयोग लिन समेत नपाईने व्यवस्थाा छ भने निर्वाचन आचारसंहिता २०८२ ले गर्न नहुने भनिएका कुनै पनि गतिविधि गर्न नपाईने जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ । यहि यस्तो निषेश गरिएका कार्य गरेमा तुरुन्तै प्रशासन, निर्वाचन कार्यालय वा प्रहरी कार्यालयमा खबर गर्न समेत अनुरोध गरिएको छ । निर्वाचन आचारसंहिता िवपरित कार्य गरिएको पाईएमा कानुन अनुसार कारबाही हुनेछ ।