अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जा कारागारका १७ कैदीबन्दीले मतदान गर्ने

news

 
रेडियो आँधीखोला
वालिङ, २० फागुन । 
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा कारागारका १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला कारागारमा चार महिलासहित १६४ जना कैदीबन्दी रहे पनि मतदाता परिचयपत्र बनाएको र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका १७ जनाले मात्रै मत हाल्न पाउने भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार मतदान गर्न पाउने सबै पुरुष कैदीबन्दी हुन् र उनीहरूले समानुपातिक तर्फको मतदान गर्नेछन् । निर्वाचन आयोगको अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लाबाट संकलित विवरणका आधारमा कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।
स्याङ्जा कारागारसहित जिल्लामा १ हजार ८५९ जना अस्थायी मतदाता रहेका छन् । निर्वाचनमा खटिन नपर्ने कर्मचारीहरूले पनि कारागारस्थित अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी थापाले बताउनुभयो । सुरक्षाको दृष्टिले १९९ मतदानस्थलमध्ये ५६ अतिसंवेदनशील, ७१ संवेदनशील र ७२ साधारण सूचना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ती स्थलहरूमा विशेष सुरक्षा सतर्कता अपनाइने बताइएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...