समाचार
मतदाता परिचयपत्रबाहेक अरू सरकारी कागजात देखाएर पनि मत दिन पाइने
फागुन २०, निर्वाचन आयोगले भोट हाल्न मतदाता परिचयपत्र साथमा लिएर जान अनुरोध गरेको छ । यदि मतादात परिचय पत्र नभएमा विकल्पमा रुपमा अरू ५ वटा परिचयपत्रमध्ये कुनै एउटा प्रयोग गर्न सकिने पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार मतादात नामावलीमा नाम भएकाहरुले नेपाली नागरिकता, नागरिकता नभएमा गाडी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पुर्जाको सक्कलप्रति बोकेर मतदान केन्द्र जान सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो