अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा १८ जना उम्मेदवारले जोगाउन सकेनन जमानत

news

 
वालिङ, २५ फागुन । 
प्रतिनिधि सभा निर्वाचन २०८२ मा स्याङ्जाका १८ जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन् । फाल्गुन २१ गते सम्पन्न निर्वाचनमा भाग लिएका जिल्लाका २४ उम्मेदवार मध्ये १८ जनाले जमानत जोगाउन नसकेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांगे्रस र नेकपा एमालेका उम्मेदवार मध्ये बाँकी १८ जनाले जमानत जोगाउन सकेनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाका अनुसार कुल सदर मतको १० प्रतिशत मत नआउने उम्मेदवारको जमानत जफत हुन्छ ।
पहिलो, दोस्रो र तेस्रो हुने उम्मेदवार बाहेकका अन्य उम्मेदवारले जमानत जोगाउन नसकेका हुन् । दुई निर्वाचन क्षेत्र रहेको यहाँ ३ स्वतन्त्र र २१ जना विभिन्न राजनितिक दलका गरी २४ उम्मेदवार रहेका थिए ।  स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नं. १ मा १ जना स्वतन्त्र उम्मेदवार र ११ जना विभिन्न दलका गरी १२ जना उम्मेदवारले चुनावमा भाग लिएका थिए । 
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाका अनुसार क्षेत्र नं. १ मा कुल सदर मत ६८ हजार ३६ को १० प्रतिशत मत नआउने ९ जना उम्मेदवार रहेका छन् । क्षेत्र नं. २ मा कुल मतदाता १ लाख १७ हजार ९३० मध्ये ६४ हजार ९२८ जनाले मतदान गरेका थिए । मतदानमा सहभागि ६४ हजार ९२८ मध्ये ६२ हजार २२६ मत सदर रहेको थियो । 
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ । तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन।’
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सीट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...