अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

आज घाम नलाग्ने : एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

news

 

 फागुन २६, आज देशका धेरै ठाउँमा घाम नलाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता लगातार मौसम बदली भएको र बदली कायमै रहेको छ । आज बिहानैदेखि धेरै ठाउँमा बादल लागेको छ । एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराई भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र कतै हिमपातको सम्भावना छ ।

अहिले पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । बदली र वर्षासँगै चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

भोलि पनि आज जस्तै देशभर साधारणतया बादल लाग्ने महाशाखाको अनुमान छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...