अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

बिरुवा ८ का वडाध्यक्ष आलेको निधन, आज पालिकामा शोक विदा

 
वालिङ, २८ फागुन । 
स्याङ्जाको बिरुवा गाउँपालिका–८ का वडा अध्यक्ष नविन कुमार आलेको बुधबार निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको मिर्गौला फेल भएपछि निधन भएको हो ।
आले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा ८ बाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ नेकपा एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्व उपसचिव समेत हुनुहुन्थ्यो । स्थानीय तहमा सक्रिय रूपमा काम गर्दै आएका आलेको निधनप्रति गाउँपालिकाले समेत शोक वक्तव्य प्रकाशन गरेको छ । वडा अध्यक्ष आलेको अकल्पनीय तथा दुखद खबरले पालिकापरिवार स्तब्ध तथा मर्माहत भएको शोक विज्ञप्तिमा उल्लेख छ । 
पालिकाको राजनैतिक, आर्थिक तथा सामाजिक विकासमा अनुलनीय योगदान पु¥याएका आले एक अग्रज व्यत्तित्व भएको भन्दै उहाँको निधनले पालिका बासीलाई ठुलो क्षति पुगेको उल्लेख छ । मृतक वडा अध्यक्ष आले प्रति श्रद्धान्जली व्यक्त गर्दै गाउँपालिका अध्यक्ष कुँवरले शोकाकुल परिवारलाई पिडा सहन सक्ने शक्ति प्रदान होस भन्दै समवेदना व्यक्त गरेका छन् । यसैबीच आलेको निधनमा पालिकाले आज विहिबार शोक विदा दिएको छ । पालिका अन्र्तगतका विद्यालय, सार्वजानिक संघसंस्थाहरुमा सार्वजानिक विदा दिएको पालिकाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...