समाचार
चुनावमा अन्तरघात गरेको आरोपमा स्याङ्जामा एमालेका ४ जना कारबाहीमा
वालिङ, २८ फागुन ।
चुनावमा अन्तरघात गरेको आरोपमा नेकपा एमाले जिल्ला कमिटि स्याङ्जाले ४ जनालाई कारबाही गरेको छ । राज्यको विद्यमान दलिय व्यवस्थामा जुनसुकै राजनितिक पार्टीको लागि सबैभन्दा महत्वपुर्ण पक्ष भनेको आवधिक निर्वाचन भएको भन्दै निर्वाचनमै अन्तरघात गरेको आरोपमा एमालेले ४ जनालाई कारबाही गरेको हो ।
एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसद्धारा विज्ञप्ति यहि फाल्गुन २१ गते सम्पन्न निर्वाचनमा अन्तरघात गरेको भन्दै फेँदिखोलाका शिवप्रसाद पराजुली, वालिङका मन्जु केसी र पुण्य प्रसाद अर्याल र चापाकोटका राजु कोईरालालाई कारबाही गरेको हो ।
फाल्गुन २१ गतेको निर्वाचनमा नेकपा एमाले दुवै क्षेत्रमा तेस्रो बन्न पुग्यो । राष्ट्रिय तथा धेरै कमिकमजोरीका बाबजुद केही नेता तथा कार्यकर्ताहरुको नियतजन्य भूमिका पनि उक्त परिणामको हिस्सा भएको विज्ञप्तिमा उल्लेख छ ।
बुधबार बसेको जिल्ला बैठकले गलत भूमिकामा लागेका नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको हो । धेरै प्रमाणहरुको आधारमा पार्टी विधान धाराको ८० को उपधारा १, २, ३, ४, ५ र ६ को उल्लंघन गरेको भन्दै उहाँहरुलाई पार्टीको कुनै जिम्मेवारी, अन्य पदिय जिम्मेवारी र पार्टी सदस्यबाट समेत निश्कासन गरेको उल्लेख गरेको छ ।