अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङका ३९ सहकारीले मात्रै अद्यावधिक गरे

news

 
रेडियो आँधीखोला
वालिङ, ३० फागुन । 
वालिङ नगरपालिका अन्र्तगत रहेका १०१ सहकारी मध्ये ३९ सहकारीले मात्रै अद्यावधिक गरेका छन् । वालिङमा केन्द्र र प्रदेश मातहतका अन्य सहकारीहरु रहेपनि उक्त सहकारीले सम्बन्धीत स्थानमै अद्यावधिक गर्नुपर्नेछ । वालिङ नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका १०१ सहकारी मध्ये अहिलेसम्म मात्रै ३९ वडा सहकारीले अद्यावधिक गरेका छन् । 
सहकारीहरुले पुस मसान्तभित्र आफ्नो संस्थाको साधारण सभा गरी माघ १५ गतेसम्म विवरण अद्यावधिक गराईसक्नुपर्ने व्यवस्था छ । नगरपालिकाले यसअघि पनि अद्यावधिक गर्न सूचना प्रकाशन गरेको थियो । शुक्रबार फेरि अर्को सूचना प्रकाशन गर्दै चैत्र १५ गतेभित्र अद्यावधिक नगरेका सहकारीहरुलाई अद्यावधिक गर्न आग्रह गरेको छ  । अद्यावधिकका लागी सहकारीको वार्शिक प्रतिवेदन, लेखापरीक्षण, लेखा परिक्षण प्रतिवेदन र साधारण सभाको निर्णयको फोटोकपी वालिङ नगरपालिकाको सहकारी साखामा बुझाउनुपर्नेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...