अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले २५ औं वार्षिकोत्सव मनायो,

 
रेडियो आँधीखोला
वालिङ, ३० फागुन । 
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले २५ औं वार्षिकोत्सव मनाएको छ । विक्रम सम्वत २०५८ सालमा स्थापना भएको प्रतिष्ठानले शुक्रबार आफ्नो २५ औं वार्षिकोत्सव देशव्यापिरुपमा विविध कार्यक्रमसहित मनाएको हो ।
यसैबीच प्रतिष्ठान स्याङ्जाले सहयोग हस्तान्तरण, वृक्षारोपण, स्रष्टा सम्मान एवम् विविध साङ्गीतिक कार्यक्रमसहित मनाएको छ । प्रतिष्ठानले पुतलीबजार नगरपालिका १४ लामागेस्थित पाणिनी गुरुकुलम् आश्रममा आफ्नो स्थापना दिवस विविध कार्यक्रमको साथमा मनाएको हो । स्थापना दिवसका अवसरमा प्रतिष्ठानले गुरुकुलम्लाई नगद रु. २० हजार संस्थागत सहयोग प्रदान गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजालले आज संस्थाले देशव्यापिरुपमा विविध कार्यक्रम सहित स्थापना दिवस मनाइएको बताए । प्रतिष्ठानका कलाकर्कीहरुले आफ्नो कमाईबाट केही रकम छट्याएर संस्थागतरुपमा सानो सहयोग गरेर सामाजिक उत्तरदायित्वमा जोडिने कार्य गर्नु प्रशंसनीय रहेको केन्द्रीय सचिव रिजालले व्यक्त गरे । विगतका वर्षदेखि प्रतिष्ठानले अग्रजलाई सम्मान र नव प्रतिभालाई प्रोत्साहन गर्ने कार्यलाई अगाडि बढाउँदै आएको र आगामी दिनमा पनि यसैगरी संस्थागत गतिविधि गर्दै जान उनले सुझाए ।
“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने संस्थाको मूल नारालाई आत्मसाथ गर्दै प्रतिष्ठान स्याङ्जाले नेपाली मौलिक बाजाका माध्यमबाट योगदान दिने अग्रजलाई सम्मान गरेको छ । विगत लामो समयदेखि पञ्चेबाजा अन्तर्गत सहनाई वादनमा विशेष योगदान दिदै आएका पुतलीबजार नगरपालिका १४ नम्वर वडाका हरि बहादुर दर्जीलाई सम्मान गरिएको छ । दर्जीलाई सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
७० वर्षीय दर्जी स्याङ्जा जिल्लाकै चर्चित “लामागे नौमति बाजा समूह”को संयोजकका रुपमा क्रियाशील छन् । उनी उक्त समूहका रागी भनेर पनि परिचित छन् । यसकासाथै चर्चित लोक दोहोरी एलवम फूलको वासना लगायतका लोक गीतहरुमा सहनाईको धुन भरेका छन् । मौलिक बाजाको संयोजन गर्दै सहनाईको माध्यमबाट लोक सङ्गीतको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रम अनुसार प्रतिष्ठानद्वारा गुरुकुलम् परिसरमा वृक्षारोपण गरिएको छ । २०७० सालमा स्थापना भएको गुरुकुलम्मा विभिन्न जिल्लाका गरी २० जना बटुकहरु अध्ययनरत छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...