अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोटमा शिक्षक सम्मान तथा विद्यार्थीलाई पुरस्कार वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, ३० फागुन । 
भीरकोट नगरपालिकाले शिक्षक सम्मान तथा विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । नगर बालमैत्रि दिवसको अवसरमा शुक्रबार नगरपालिका सिटीहलमा कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरेको हो । 
कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले शैक्षिक गुणस्तर वृद्धिमा यसप्रकारका कार्यक्रमले सघाउ पुग्ने भन्दै आगामी दिनमा अझै राम्रो नतिजा ल्याउने गरी काम गर्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो । उत्कृष्ट र शतप्रतिशत अंक ल्याउने विद्यालयलाई पालिकाले थप प्रोत्साहनमुलक कार्यक्रम ल्याउने नगरप्रमुख कर्माचार्यको भनाई थियो । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण लम्सालले शैक्षिक गुणस्तर वृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा एसईईमा सर्वोत्कृष्ट हुने विद्यार्थी, कक्षा ८ मा सवोत्कृष्ट हुने विद्यार्थाीहरु, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरु र शतप्रतिशत तथा ९० प्रतिशत विद्यार्थीहरुलाई उत्र्तिण गराउने विषय शिक्षकहरु, सतप्रतिशत विद्यार्थीहरु उत्र्तिण गराउने विद्यालयहरुलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा नगरप्रवक्ता तथा वडा नंं १ का अध्यक्ष दीपेन्द्र केसी, पब्लिक एकेडेमी माविका प्रअ गीता रोका, दभुङठाँटी माविका प्रअ सुवास गहतराज, कन्साईन्स बोर्डिङ स्कूलका प्रिन्सीपल साजन परियार, बाल सञ्जालका कुसुम रेग्मीलगायतले आफ्ना भनाई राख्नुभएको थियो । 
कार्यक्रममा शिक्षा शाखाप्रमुख विष्णु भट्राईले कार्यक्रमको विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा स्वागत वडा नं. ७ का अध्यक्ष ताराप्रसाद अर्याल र संचालन बाल सञ्जाल सहजकर्ता विष्णुमाया काफ्लेले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...