अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ग्यासको आयात निरन्तर भैरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह

news

 

फागुन ३०, नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आग्रह गरेको छ । घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न निगमले आग्रह गरेको हो ।

ग्यासको बिक्री वितरण सहज बनाउन निर्देशन दिइरहेको भन्दै निगमले कहीँ कतै अनियमितता भएको देखिए सूचना दिन पनि भनेको छ । अन्तर्राष्ट्रिय स्तरमा देखिएको युद्धका कारण अहिलेसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या नभएको पनि निगमले दाबी गरेको छ ।

ग्यासको बिक्री वितरण सहज बनाउन भन्दै निगमले हिजोदेखि आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्न थाले पनि उपभोक्ताले अभाव झेलिरहेका छन् । आधा सिलिण्डर ग्यासको लागि पनि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ ।

ग्यास पाउन नसकेपछि बजारमा विद्युतीय चुल्होको माग बढेको छ । यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...