समाचार
वालिङ, ८ मा जलबायु परिर्वतनसम्बन्धी अन्तरक्रिया
रेडियो आँधीखोला
वालिङ, ३ चैत ।
वालिङ नगरपालिका वडा नं. ८ वडा कार्यालय विपिचोकमा जलवायु परिर्वतनमा टोलविकास संस्थाको भुमिका विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आस्क नेपालको आयोजना र वालिङ नगरपालिका विपद् शाखाको समन्वयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा विपद् शाखा प्रमुख मणिप्रसाद रेग्मीले जलवायु परिर्वतनका कारण नेपाली जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको बताउनुभयो ।
जथाभावी फोहोर गर्ने तथा डढेलो, वन फडाँनी, नदीनालामा हुने फोहोर पनि जलवायु परिर्वतनको कारक बनेको भन्दै यस्ता स–साना विषयमा हरेक नागरिकले ख्याल गर्नुपर्ने प्रमुख रेग्मीले बताउनुभयो । ठुला शक्तिसाली मुलुकले धेरै कार्बन उत्र्सजन गरिरहेका बेला अल्पविकसित मुलुक नेपालमा यसले प्रत्यक्ष असर गर्ने प्रमुख रेग्मीले बताउनुभयो ।
आस्क नेपालका कोर्डिनेटर जगत शाहीले सहजीकरणसंगै कार्यक्रमको विषयमा जानकारी गराउनुभएको थियोे । कार्यक्रम वडा अध्यक्ष दामोदर तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव प्रेमनारायण सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा वडा सदस्य र वडामा रहेका २५ वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।