समाचार
फाल्गुन महिनामा १७ वटा मुद्धा दर्ता
रेडियो आँधीखोला
वालिङ, ३ चैत ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा फाल्गुन महिनामा १७ वटा मुद्धाहरु दर्ता भएका छन् । प्रहरीले हरेक महिनाको कार्यप्रगति विवरण सार्वजानिक गर्दै आएको छ । फाल्गुन महिनामा प्रहरीमा विभिन्न प्रकृतिका १७ वटा मुद्धा दर्ता भएका थिए । जसमा जघन्य तथा गम्भीर अपराधका ७ वटा, महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फ २ र अन्य ८ गरी १७ वटा मुद्धा दर्ता भएको प्रहरीले सार्वजानिक गरेको विवरणमा उल्लेख छ । फाल्गुन महिनामा १० जना फरार प्रतिवादी पक्राउ परेका छन् । ति फरार रहेका प्रतिवादीहरुले २५ वर्ष ५ महिना ८ दिन कैद भुक्तान गर्न कारागार चलान भएका छन् ।
त्यस्तै १ लाख ३४ हजार ६५४ जरिवाना असुल गरिएको छ । फाल्गुन महिनामा ६ जना हराएकोमा ४ जना व्यक्ति भेटिएका छन् । घरेलु हिंसा सम्बन्धी एउटा घटना घटेको, उक्त घटनाको मिलापत्र गरिएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गत महिनामा ८ जना लागुऔषध सहित पक्राउ परेका छन् । ३ जना पुरुष र १ जना महिलाले आत्मदाह गरेका छन् । त्यस्तै प्रहरीले पिकेट १८०, चेकिङ २१०, ग्रामिण गस्ती १५६, एलआरपि ९, एसआरपि १ हजार ४ सय ७६ गरी जम्मा २ हजार ३१ प्रहरी गस्ती गरेको छ भने निर्वाचन विषेश समयमा पिकेट ३२५, चेकिङ १४५, ग्रामिण गस्ती ३३, एलआरपि १०, एसआरपि २५८ गरी जम्मा ७७१ प्रहरी गस्ती गरिएको प्रहरीले जनाएको छ ।