समाचार
वालिङका ४० सहकारीले मात्रै अद्यावधिक गरे
रेडियो आँधीखोला
वालिङ, ३ चैत ।
वालिङ नगरपालिका अन्र्तगत रहेका १०१ सहकारी मध्ये ४० सहकारीले मात्रै अद्यावधिक गरेका छन् । चैत्र २ गतेसम्म यहाँका १०१ सहकारी मध्ये ४० वटा सहकारीले मात्रै अद्यावधिक गरेका हुन् । सहकारीहरुले पुस मसान्तभित्र आफ्नो संस्थाको साधारण सभा गरी माघ १५ गतेसम्म विवरण अद्यावधिक गराईसक्नुपर्ने व्यवस्था छ । नगरपालिकाले यसअघि पनि अद्यावधिक गर्न सूचना प्रकाशन गरेको थियो ।
फाल्गुन २८ गते पुनः अर्को सूचना प्रकाशन गर्दै चैत्र १५ गतेभित्र अद्यावधिक नगरेका सहकारीहरुलाई अद्यावधिक गर्न आग्रह गरेको छ । वालिङ मातहतमा २१ बहुउद्देश्यीय सहकारी, २४ वित्तिय सहकारी, ५४ कृषि, दुग्ध तथा पशुपालनलगायत उत्पादन सम्बन्धीत र २ वटा श्रमिक सहकारी गरी १०१ सहकारी नगरपालिकाको क्षेत्रधिकार भित्रका रहेका छन् । अद्यावधिकका लागी सहकारीको वार्शिक प्रतिवेदन, लेखापरीक्षण, लेखा परिक्षण प्रतिवेदन र साधारण सभाको निर्णयको फोटोकपी वालिङ नगरपालिकाको सहकारी शाखामा बुझाउनुपर्नेछ ।