अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

कांग्रेस सभापति थापाद्वारा राजीनामा, भोलिको बैठकमा छलफल हुने

news

 

चैत ५, २०८२  चुनावमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाए पनि कांग्रेसले यसबारे औपचारिक जानकारी दिएको छैन । सभापति थापाको राजीनामासँगै चुनावको समीक्षाबारे भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

थापा गएको पुस २७ गतेदेखि ३० गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनबाट सभापति चयन हुनुभएको थियो । चुनावमा सर्लाही–४ बाट उम्मेदवारी दिएका थापा पराजित हुनुभएको थियो । पार्टी र आफैंले समेत चुनावमा पराजय भोगेपछि सभापति थापाले केही दिनअघिदेखि नै राजीनामा बुझाउने तयारी गर्नुभएको थियो ।

भोलि बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामाबारे निर्णय गर्ने कांग्रेसले जनाएको छ । चुनावपछि पहिलो पटक बस्न लागेको बैठकमा चुनावको परिणाम, नेतृत्वको जिम्मेवारी र संगठनात्मक कमीकमजोरी लगायतका विषयमा समीक्षा गर्ने कांग्रेसको तयारी छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...