अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

क्षेत्र नं २ कांगे्रसको चुनावी समीक्षा

news

 
 
रेडियो आँधीखोला,
वालिङ ६ चैत्र ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ को आयोजनामा आज वालिङमा चुनावी समीक्षा तथा छलफल गरिएको छ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी चुनावी समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएका कमी कमजोरीहरुलाई सुधार गरी आगामी निर्वाचनमा अझ सशक्त र मजबुत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
 
कार्यक्रममा नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, पूर्व सांसद शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेश सभाका अर्थ विकास समिति सभापति भोजराज अर्याल, गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, कांग्रेस क्षेत्र नं २ का उम्मेदवार भागवतप्रकाश मल्ल, कांग्रेस नेताहरु ध्रुबप्रसाद शर्मा पंगेनी, कांग्रेस स्याङ्जाका उपसभापति केदार काफ्ले, छायाराम खनाल, गोविन्दकुमार कर्माचार्य, विष्णु पौडेल, क्षेत्रीय सचिव फणिनारायण रेग्मीलगायतका नेता तथा पालिकाका सभापति एवम् प्रतिनिधिहरुले पालिकागत धारणा राख्नुभएको थियो ।
 
क्षेत्र नं २ अन्तर्गतका ४५ वडाका विभिन्न पदाधिकारीहरुले पार्टीले पराजय भोग्नुका कारणकाबारेमा जानकारी गराउँदै आगामी दिनमा सुधार गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिनुभएको थियो । समीक्षा कार्यक्रमबाट प्राप्त भएका सुझावहरुलाई संकलन गरेर जस्ताको तस्तै केन्द्रीय कार्यसमितिमा पठाईने नेपाली कांग्रेस स्याङ्जा २ का कार्यवहाक सभापति अर्जुनप्रसाद खनालले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...