अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अमोर सेवाबालगृहले गरायो सामुहिकव्रतवन्ध

news

 
रेडियो आँधीखोला,
वालिङ ७ चैत्र ।
स्याङ्जामा रहेको अमोर सेवा बालगृहले सामुहिक व्रतवन्ध गराएको छ । जिल्लाको फेदिखोलागाउँपालिका १ नम्वर वडाको कटुजेमा रहेको अमोर सेवा बालगृहले आश्रित किशोरहरुलाई सामुहिक व्रतवन्ध गराएको हो ।
बालगृहले २१ जना किशोरहरुलाई एकै साथ व्रतवन्ध गराएको छ । पण्डित प्रकाश तिवारीद्वारा कथा वाचन सहित तीकिशोरहरुलाई व्रतवन्ध गराइएको हो । यहाँ विभिन्न जातजाति र वर्गका बालबालिकाहरु आश्रित छन् । हिन्दु संस्कार अनुसार उमेर पुगेका किशोरहरु सबैको सामुहिक व्रतवन्ध गराइएको छ । योसँगै व्रतवन्ध गर्ने र जनै लगाउने निश्चित जाति वा थरधारीले मात्र नभएर सबैले गर्नहुन्छ भन्ने सन्देश पनि दिएको छ । यो बालगृहमा विभिन्न जिल्लाका बालकदेखि किशोर उमेर सम्मका४४ जना आश्रित छन् । यहाँ शिशुदेखि स्नातक तहमा अध्ययनरत किशोर किशोरीहरु छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...