अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

मौसममा आजदेखि सुधार, प्रि–मनसुनी गतिविधि भने कायमै रहने

news

 

चैत ७, अस्ति शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर  भएसँगै आजदेखि मौसममा सुधार आएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार गएरातिदेखि नै मौसममा सुधार भएको र आज हिजो अस्तिको जस्तो पानी पर्ने छैन ।

तर प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आज पनि मौसममा छिटफुट बदली भने रहनेछ । घाम लाग्ने, फेरि बदली हुने क्रम प्रि–मनसुनमा रहिरहनेछ । अब ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने उहाँले बताउनुभयो ।

आज देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आँशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...