अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

५ ट्याक्टर र जेसिबि नियन्त्रणमा

 
वालिङ, १२ चैत । 
ज्याग्दीखोला र आँधीखोला किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा परेका छन् । प्रहरीले ज्याग्दीखोला र आँधीखोला किनारबाट आज मात्रै ५ वटा ट्याक्टर र जेसिबिलाई नियन्त्रणमा लिएको हो । विरुवा ६ चिन्नेबासस्थित ज्याग्दीखोलाको किनारबाट ग १ क ४३०६ नम्बरको ट्याक्टर र जेसिबि, आँधीखोला ५ सेरा रंगेठाँटी स्थित झलुंगे पुल तलबाट ग १ त ५७५० नम्बरको ट्याक्टर, प्रज ०२–०३–०० त ४५३७ नम्बरको ट्याक्टर, आँधीखोला ६ टारीखेत स्थितबाट ग १ त ६०९९ नम्बरको ट्याक्टरलाई सम्बन्धीत प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उक्त ट्याक्टर तथा जेसिबिलाई सम्बन्धीत पालिकामा कारबाहीको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...